१४ साउन, काठमाडौं ।
बुधबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको कारण फेरी आज बस्ने भएको छ । बुधबार बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठक चार घन्टासम्म चलेको थियो ।
प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार दिउँसो २ बजे फेरि पदाधिकारी बैठक बस्ने जानकारी दिए । क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न थप समय लिइएको छ ।
कांग्रेसले साउन १२ का लागि वडा अधिवेशन तोके पनि स्थगित छ । शर्माका अनुसार महाधिवेशन केन्द्रित बैठक बिहीबार पनि बसिने भएको हो ।