यो बर्ष कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने तयारी

  • Saptarangi Media
  • बुधबार, साउन १३, २०७८ १६:२६
यो बर्ष कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने तयारी

१३ साउन, काठमाडौं ।
कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा होम सेन्टरबाट गर्ने तयारी गरेको छ। बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा सहभागी बोर्डका सदस्यसचिव दुर्गा अर्यालले विद्यालय तहको अन्तिम परीक्षा भएकाले विज्ञ र विद्यार्थीको सुझाब पनि भौतिक उपस्थितिमा नै परीक्षा लिनुपर्ने भएकाले सोही अनुसार परीक्षाको तयारी भइरहेको बताएका छन् ।

होम सेन्टरबाट परीक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या पनि कम हुने र विद्यार्थीमा कोरोना संक्रमणको जोखिम पनि कम हुने भएकाले उक्त विधिबाट परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको हो । परीक्षाको लागि दुई किसिमले विद्यालयमा प्रश्नपत्र पठाउने भएको छ।इन्टरनेटको सुविधा भएका विद्यालयमा इमेलमार्फत प्रश्नपत्र पठाइने र इन्टरनेटको सुविधान नभएका विद्यालयहरुमा प्रश्नपत्रको हाडकपि पठाइने छ ।

कोरोना संक्रमण देखिएका विद्यार्थीलाई छुट्ट्रै कक्षाकोठामा राखेर परीक्षा दिने व्यवस्था गरिने उनले बताए । कोरोना संक्रमण भएर परीक्षा दिन नसक्ने विद्यार्थीहरुलाई भने पछि परीक्षा दिने व्यवस्था मिलाउने उनले बताए । पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्पूर्ण शिक्षक र विद्यार्थीलाई खोप नदिएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिने बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संकट व्यवस्थापन केन्द्रको निर्देशन परीक्षा सञ्चालन गरिने बताएका हुन् ।
न्यूज सेवा

  • Saptarangi Media
  • बुधबार, साउन १३, २०७८ १६:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।