मोटरसाइकलमा सवार दम्पतीको ट्रकको ठक्करबाट मृत्यु

  • Saptarangi Media
  • बुधबार, साउन १३, २०७८ १४:0६
मोटरसाइकलमा सवार दम्पतीको ट्रकको ठक्करबाट मृत्यु

१३ साउन, काठमाडौं ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ । प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेको थियो ।

ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
न्यूज सेवा

  • Saptarangi Media
  • बुधबार, साउन १३, २०७८ १४:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।