नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल लगायतको आग्रहपछि रावलले राजीनामा फिर्ता लिने भएका हुन् । राजिनामा फिर्ता लिनमाग राख्न सुदुरपश्चिम प्रदेश सरकारका कयौ मन्त्री र दर्जन भन्दा बढी पदेश सांसद काठमाण्डौ आई पुगेकाछन, रावललाई भटेर राजिनामा फिर्ता लिर्नै दवाब दिएकाछन राजिनामा सिफर्ता नलिए आफुले पनि राजिनामा दिने समेत जानकारी गरनएका छन,। उता नेकपा (एमाले)अध्यक्ष ओलीले पनि केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएका थिए । स्रोतकाअनुसार विहीवार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए । ओलीको आग्रह लगत्तै रावल बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए । उनले नेपाललाई एकताबाट अन्यत्र नजान आग्रह गरेका छन् । नेपालले रावललाई राजीनामा फिर्ता लिन बुधवार उनको निवासमै गएर आग्रह गरेका थिए ।
१० बुँदे सहमति गराउन माधव नेपाल पक्षको वार्ता टोली संयोजकको भूमिका निर्वाह गरेका रावलले शेरवहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह नेपालले नमानेपछि सांसद पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा सभामुखसमक्ष पुगे पनि स्वीकृत भएको छैन । रावल पछिल्लो समय एमाले मिलाउने अभियानमा निर्णायक भूमिकामा छन् । उनले एमाले एकता जोगाउनुपर्ने भन्दै देउवा सरकार जोगाउने जिम्मा आफूहरुको नरहेको बताएका छन् ।