कर्णाली प्रदेशमा देउवा भन्दा पौडेल पक्ष्य बलियो

  • Saptarangi Media
  • बिहिबार, साउन ७, २०७८ ११:0४
कर्णाली प्रदेशमा देउवा भन्दा पौडेल पक्ष्य बलियो


कुल १० जिल्ला रहेको कर्णाली प्रदेशमा विस्तारै जिल्ला अधिवेशनको माहौल शुरु भएको छ । सुनसान बनेका जिल्ला सदरमुकामहरूमा काँग्रेस नेता–कार्यकर्ताको आवत–जावत बाक्लिँदैछ ।
यतिबेला केन्द्रमा जस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा पनि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी बढेको छ । पार्टीको जिल्ला सभापति कसले हत्याउने भन्ने होडबाजी पार्टीभित्र सुरु भएको छ । अन्य प्रदेश जस्तै कर्णालीमा पनि केन्द्रमा जस्तै संस्थापन शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबीचमा नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
अघिल्लो अधिवेशनमा रामचन्द्र पौडेल पक्षले यस प्रदेशका १० जिल्लामध्ये अधिकांश जिल्लामा वर्चश्व कायम गरेको थियो । आउने अधिवेशनमा पनि अधिकांश जिल्लाहरुमा पौडेलपक्षले नै वर्चश्व कायम गर्न सक्ने सो समूहका नेताहरुको दाबी छ ।
यद्यपि, आपसी तालमेलपछि परिणाम कस्तो आउँछ, त्यो भने हेर्न बाँकी नै छ । देउवा र पौडेल दुबै समूहबाट जिल्ला सभापतिका लागि आकाँक्षा राख्ने नेताहरु मैदान जुटिसकेका छन् । कर्णालीका १० जिल्लामध्ये कर्णालीका हिमाली जिल्ला हुम्ला बाहेकका अन्य जिल्लाहरुमा पौडेल पक्ष बलियो रहेको काँग्रेस नेताहरु बताउँछन् । सल्यानमा दुबै पक्ष कडा प्रतिस्पर्धामा उत्रिएका छन् । हुम्लामा भने काँग्रेस नेता जीवनबहादुर शाहीको गृहजिल्ला भएकाले संस्थापन पक्ष बलियो देखिन्छ ।
नेपाली काँग्रेसमा अब वडा तहको अधिवेशन सुरु हुन तीन साता मात्र बाँकी छ । १२ साउनदेखि वडा तहको अधिवेशन सुरु हुनेछ । त्यसपछि १६ साउनमा पालिका, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।
त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरु भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ । भदौ १६–१९ गते १४ औं महाधिवेशन हुने काँग्रेसको कार्यतालिका छ ।

  • Saptarangi Media
  • बिहिबार, साउन ७, २०७८ ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट