एमाले नेता प्रभु साहको नेतृत्वमा साइबर सेना जस्तै, अर्को आइटी आर्मी’ गठन,
Saptarangi Media
मङ्लबार, साउन ५, २०७८ १६:0३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेता एवं पूर्वमन्त्री प्रभु शाहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । नेकपा एमालेले प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गरेको छ।
मंगलबार तीन बजे बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आईटी आर्मीको घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेता प्रभु साहले जानकारी दिए। सरकारले आर्इटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ। आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौ,’ अन्तरिम घोषणापत्रमा भनिएको छ, ‘तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामुहिक स्वरुपमा क्रियाशील रहनेगरी आईटी आर्मीको स्थापना गरिएको छ।ु
आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ।आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ।
एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन भएको नेता शाहले जानकारी दिएका छन ।