एमाले स्थायी कमिटी बैठको निर्णय – देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा रहदैनन्

  • Saptarangi Media
  • आइतवार, साउन ३, २०७८ १५:0५
एमाले स्थायी कमिटी बैठको निर्णय – देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा रहदैनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने दोहोर्योएको छ । पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन नसक्ने ओली पक्षले घोषणा गरेको छ । सर्वोच्च अदालतले असार २८ गतेको फैसलापछि प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । संसद अधिवेशनको पहिलो दिनको बैठकमा औपचारिकता पूरा गर्ने परम्परा भएपनि एमाले एकतावद्ध भइहाल्छ कि भन्ने मनसायले हतार–हतार विश्वासकोमत लिन खोजेको ओली पक्षका नेताहरुले निष्कर्ष निकालेका छन। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले जनमतबाट नभई फरक विधि र परमादेशबाट आएको सरकारलाई पार्टीको समर्थन नहुने दोहोर्या्एको छ । शुक्रबार नै बसेको बैठकले यो सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको स्मरण गर्दै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर रहेर आफ्नो पार्टीको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीमा रहनुहुन्न ।

  • Saptarangi Media
  • आइतवार, साउन ३, २०७८ १५:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट