मेरो जन्म गाउँ ,

  • Saptarangi Media
  • आइतवार, साउन ३, २०७८ १२:४२
मेरो जन्म गाउँ ,

लेखक  — बिरेन्द्र बुढा
म जन्मको सहर कहाँ हो र
म जन्मको त्यहि दुर्गम गाउँ ।।
जति टाढा भएपनि, त्यहि जन्म भूमिको याद आउछ मलाई
घर वस्ति छरिएर रहेका छन मेरो जन्म गाउँ ।।
हेर्दा ऐना जस्तो लाग्छ मेरो जन्म गाउँ
सहरमा जति सुख भए पनि
बृषिदैन रहि छ आफु जन्मेको गाउँ ।।
हरेक बसन्त ऋृतुमा रमणिय हुन्छ मेरो जन्म गाउँ
गाउँ को बोली सुन्दा कोहिलीको स्वर जस्तो लाग्छ मलाई
आफ्नै भाषा,धर्म,सस्कार, सस्कृती हुन्छ मेरो जन्म गाउँ ।।
घरको झ्याल बाट हेर्दा हरियाली डाँडा पाखा रमणिय लाग्छ मलाई
हरेक ऋृतु अनुसार बदलिन्छ मेरो जन्म गाउँ
सुन्दर रारा संगै जोडीएको छ मेरो जन्म गाउँ ।।
 ..

  • Saptarangi Media
  • आइतवार, साउन ३, २०७८ १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित खवर