गृहमन्त्री राम ब. थापा बादललाई हराउदै डा. खिमलाल देवकोटा बिजयी

  • Saptarangi Media
  • बिहिबार, जेष्ठ ६, २०७८ १७:४४
गृहमन्त्री राम ब. थापा बादललाई हराउदै डा. खिमलाल देवकोटा बिजयी

काठमाडौँ, ६ जेष्ठ २०७८, राष्ट्रियसभा सदस्यमा उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्। उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए
नेकपा एमालेकै माधवकुमार नेपाल समूह निकट मानिएका नेता खिमलाल देवकोटाले बादललाई पराजित गरेका हुन् ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

  • Saptarangi Media
  • बिहिबार, जेष्ठ ६, २०७८ १७:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।