काठमाडौं, जेष्ठ २ गते २०७८, नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि २०७५ जेठ २ कै संरचना अनुसार पार्टी अगाडि बढाउने गरी आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको कुराकानीमा १० सदस्य रहेको कार्यदल गठन भएको छ ।
कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् यस्तै नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
यो कार्यदलले तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने नेता माधव कुमार नेपालले बताए। समय थप गर्नुपर्ने देखिए थप गर्न सकिनेछ ।