काठमाडौं, चैत्र ३० गते २०७८, नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले नेकपा (एमाले) बाट निलम्बित पार्टीका नेताहरु मधव कुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको निलम्बन फुकुवा भएको निर्णय गरेको छ ।
पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै चैत १६ गते नेपाल र रावलाई साथै १९ गते भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको थियो ।
‘राष्ट्रिय राजनीति, पार्टीको आन्तरिक विषयलगायत यो सबै सन्दर्भलाई ध्यानमा राखेर आवश्यक कामकारबाहीको निर्णय गर्न पार्टी अध्यक्षलाई अधिकार प्रदान गर्ने निर्णय गरेको छ ।