आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो – भुषाल

  • Saptarangi Media
  • बुधबार, बैशाख २९, २०७८ १३:0९
आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो – भुषाल

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) का नेता घनश्याम भुषालले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् । उनले हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भएको र आज झलनाथ–माधव र हामीलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिन खोजिएको पनि टिप्पणी गरेका छन् । आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ भन्ने टिप्पणी नेता भुषालले गरिका छन ।

हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।
आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।
विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।
  • Saptarangi Media
  • बुधबार, बैशाख २९, २०७८ १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।