काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशमा नेकपा एमालेका ३ प्रदेश सभा सांसदले राजीनामा पत्रमा पछिल्लो राजनैतिक परिस्थितिलाई नियालेर राजीनामा दिएको उल्लेख गर्दै राजिनामा दिएका छन् । राजीनामा दिनेहरु कपिलवस्तु १ क बाट निर्वाचित दुगनारायण पाण्डेय, २ ख बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन् ।