काठमाडौं। लुम्बिनी प्रदेश सांसद बिमला कुमारी खत्रीले आफनो इच्छाले नै नेकपा माओवादी केन्द्र प्रवेश गरेको बताएकी छन्। आइतबार पत्रकार सम्मेलनमार्फत् खत्रीले आफ्नो इच्छाले नै माओवादीमा प्रवेश गरेको बताएकी हुन्।
एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेकी छन् । उनले भनेकी छन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ ।’
चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको उनले बताइन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित लुम्बिनी प्रदेश सांसद बिमला कुमारी खत्री आइतबार माओवादी केन्द्रमा प्रवेश गरेकी हुन्। दाङ ३ (ख) बाट निर्वाचित खत्रीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन्। सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा आफूले माओवादी केन्द्र रोजेको बताइन्।
Source: www.lokpati.com