डिजीटल फोटो स्टोर गर्ने धनसार डटकमको सुभारम्भ



काठमाडौं मसिंर २१, विश्वभरका फोटोग्राफरहरुले खिचेका फोटोहरु अब एउटै ठाउँमा भेटिने भएका छन् अर्थात धनसार डटकमले एउटा डिजीटल प्लेटफम मार्फत सम्पुर्ण फोटो, भिडीयो तथा अडीयोको डिजीटल साईड निर्माण गरेको छ । आज राजधानीको भृकुटिमण्डप स्थित पर्यटन बोर्डको सभाहलमा एक कार्यक्रमका बिच पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मीले साईडको सुभारम्भ गर्नुभएको हो । नेपालमा पहिलो पटक निर्माण भएको यस्तो प्रकारको डिजीटल साईडले अब मानिसका आवश्यक्ता अनुसार फोटो, भिडीयो तथा अडीयोको सम्पूर्ण समस्याहरु समाधान गर्नेछ । यस साईडमा नेपाल तथा विश्वभरीका फोटोग्राफरहरुले खिचेका फोटोहरु, भिडीयोहरु र त्यसैगरी बिभिन्न प्रकारका अडीयोहरु उपलब्ध हुनेछन् यसलाई ग्राहकले आप्नो आवश्यकता र रुचिअनुरुप खरिद गर्न सक्नेछन ।

कार्यक्रका प्रमुख अतिथि समेत रहेका सिईओ डा. रेग्मीले यस्तो प्रकारको साईड अहिले सम्म निर्माण नभएको तथा यस प्रकारको साईडले विशेष गरी पर्यटन क्षेत्रलाई टेवा पुुग्ने बताउनुु भयो । कोरोना महामारीले सम्पूर्ण पर्यटन क्षेत्रनै धरासायी भएको अबस्थामा पर्यटन क्षेत्रलाई माथि उकास्न फोटो, भिडीयोको महत्वपूर्ण भुमिका रहेको बताउँदै डा. रेग्मीले भन्नुभयो अब पर्यटन बोर्डलाई आबश्यक पर्ने फोटो, भिडीयो सामाग्री धनसार डटकम मार्फत खरीद गरी पर्यटन प्रबद्र्धनमा लगाउने र त्यसको लागी धनसार डटकमसंग सहकार्य गरी अगाडी बढ्न तयार रहेको बताउनु भयो ।

त्यसैगरी धनसार डटकमका कार्यकारी प्रमुख बिनोद अधिकारीले साईडको बारेमा बिस्तृत जानकारी दिदै फोटोग्राफर भिडीयोग्रफर तथा अन्य सर्जकहरुको बर्षाै देखि भोग्दै आएको समस्या समाधानका लागी यो साईड निर्माण गरीएको बताउनुुभयो । यसले फोटोग्राफर र ग्राहक दुबैलाई हित गर्ने तथा कपिराई लाई पनि सहज बनाउने कुरालाई आफु र आपनो कम्पनी मध्यस्तकर्ता रहेको बताउनु भयो । यसको मुख्य कार्यालय अमेरीकाको न्युओर्कमा रहेकोछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्