पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना पुष्टि, १० जनाको मृ’त्यु

  • सुगा न्युज
  • शनिबार, मंसिर २०, २०७७ १७:१६
पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना पुष्टि, १० जनाको मृ’त्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृ’त्यु भएको छ । सो बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ । यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना रहँदा निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

हालसम्म कोरोनाबाट कुल १५७७ जनाले ज्यान गुमाउँदै अझैपनि ५३६ जना क्वारेन्टिनमा रहेका छन् । यसैगरी शनिबार काठमाडौं उपत्यकामा ४६० जनामा संक्रमण पुष्टि भएको छ ।

  • सुगा न्युज
  • शनिबार, मंसिर २०, २०७७ १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।