प्रदेश तथा जिल्लामा खेलकूद हेर्ने निकायहरुको वेवास्ताको कारण कर्णाली प्रदेशका सबै जिल्लाका बालबालिका तथा यूवाहरुको फुटबलप्रति अत्यन्तै आकर्षण भएतापनि क्लब तथा राष्ट्रिय स्तरमा उल्लेखनीय खेलाडीहरु उपलब्ध नहुनु यो प्रदेशको लागि बिडम्बनानै मान्नु पर्छ । यस्तै खेलाडीहरुको खाडल पुर्नका लागि हुम्ला जिल्लाका साथै कर्णाली प्रदेशका अन्य जिल्लाहरुका बालबालिका तथा यूवाहरुलाई फुटबल तालिम प्रदान गर्ने र व्यवसायिक फुटबल खेलाडीहरु तयार पार्ने र सो लक्ष्य प्राप्तिका लागि नियमित फुटबल तालिमको अलावा विभिन्न कार्यशाला, क्षमता अभिवृद्धि तथा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, फुटबल तालिमको माध्यामबाट यूवा खेलाडीहरुको प्राविधिक क्षमताको विकास तथा सुधार गर्ने, फुटबल तालिमको माध्यामबाट यूवा खेलाडीहरुलाई स्वस्थ जिवन शैली बिताउन प्रोत्साहन गर्ने तथा फुटबल तालिमको माध्यामबाट यूवा खेलाडीहरुलाई नियमित् अभ्यासको मूल्य, समय–पालना, असल संचार, असल चालचलन, परिश्रम, सामूहिक कार्य तथा भविश्यको लागि लक्ष्य निर्धारण गर्न सिकाउने मूल उद्देश्यहरु लिई फुटबलको देशको सर्बोच्च संस्था एन्फा वर्तमान पदाधिकारीहरुज्यूहरुको हौसला तथा आड भरोसा अनुसारफुटबलमा मरिमेट्ने तथा यो प्रदेशमा फुटबल बिकासका लागी केहि गर्नु पर्छ भन्ने सोचका साथ अगाडी आएका यूवाहरुले हुम्ला जिल्लाका जुझारु तथा प्रतिष्ठित् पर्यटन व्यवसायी तथा जिल्ला बिकास तथा फुटबलको बिकासको लागि सधैं तत्पर तथा चिन्तनशिल रहने यूवा श्री विष्णु रावत्को अध्यक्षतामा प्रीति बहादुर रावत (रावल), बुद्धि बहादुर रोकाया तथा रबिन कुमार बस्नेत अन्य सदस्यहरु रहने गरि हुम्ला फुटबल एकेडेमी कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा विधिवत् दर्ता भएको छ । हुम्ला जिल्लाका बालबालिका तथा यूवाहरुलाई नियमित फुटबल तालिम दिई योग्य खेलाडीहरु उत्पादन गरि विभिन्न डिभिजनका फुटबल लिग, मोफसलमा आयोजना हुने विभिन्न प्रतियोगितामा जिल्लाका तर्फबाट सहभागी गराई भविश्यमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्नुका साथै भविश्यमा एन्फासँग आवद्ध तथा सम्बद्धता लिनुका साथै एन्फासँगको सहकार्यमा यस जिल्लामा फुटबल रेफ्री, कोच तथा अन्य प्राविधिकहरु तयार पार्ने समेत् एकेडेमीले लक्ष्य राखेको छ । एकेडेमी अध्यक्ष श्री विष्णु रावत्का अनुसार हुम्ला जिल्लाको अनुभवको आधारमा कर्णाली अञ्चलका अन्य जिल्लामा समेत् यस एकेडेमीलाई विस्तार गर्ने लक्ष्य राखिएको र यस्को लागि सम्पूर्ण सरोकारवाला निकायहरु तथा जिल्ला खेलकुद बिकास, एन्फा, स्थानीय समूदाय तथा खेलाडी भाई बहिनीहरुको साथ सहयोगको आवश्यकतामा जोड दिनु भयो । प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार