

कार्यदलले बुझाएको प्रतिवेदनमा पाटि एकता महाधिवेशन सम्म कार्यकारी अध्यक्ष सहित प्रचण्डले पाटि काम कारबाहीलाई प्रभावकारी बनाउने, बाँकी रहेको कार्यकाल ओली नै प्रधानमन्त्री हुने, पार्टीको एकता महाधिवेशन केन्द्रीय कमिटीले तोकेको मितिमा हुने सुझाव दिइएको छ ।
त्यस्तै प्रतिवेदनमा कोरोना संक्रमणको अवस्चा सहज भएछि केन्द्रिय समितिको बैठक बोलाउन र पाटि भित्रको विवाद समाधान गर्न सरकारको उपस्थिति र भूमिकालाई प्रभावकारी वनाउन संघिय मन्त्रिपरिषद र प्रदेश सरकारमा हेरफेर गर्न पनि कार्यदलले दुई अध्यक्षलाई सुझाव दिएको छ ।
पाटिको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग भएपछि फुटको दिशामा पुगेको नेकपालाई बचाउन भन्दै कार्यदल गठन गरिएको थियो । कार्यदलको संयोजकमा विष्णुप्रसाद पौडेल र सदस्यहरू जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुसाल छन् ।
Source: www.rarasanchar.com