डा. भीम रावलको टोली अछाम प्रस्थान



टोलीमा गृहमन्त्री राम बहादुर थापा बादल,  सांसदहरु शेरबहादुर कुँवर र तारामान स्वाँर , गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत छन् ।

अछाम लैजाने सामग्रीहरु धेरैजसो नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराइदिएको छ । नेकपा नेता एवम् सांसद भीम रावलले  त्रिपालको व्यवस्था गरेका छन् । १ हजार ५५ किलो राहत सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, त्रिपाललगायतका सामग्री छन् ।

अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् ।

Source: www.saipalnews.com

प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्