संवेदनशिल तथ्यांकः कोरोनाबाट ५७.३ प्रतिशत दीर्घरोगीको मृत्यु



हालसम्म कोरोनाको कारण ७५ जनाको मृत्यु भई सके पनि विशेष लक्षणबाट मृत्यु हुनेको संख्या एकदमै न्यून पाईएको छ भने ५७.३ प्रतिशत् व्यक्तिहरु कुनै न कुनै दीर्घरोगबाट ग्रस्त थिए । यो संख्या जम्मा संक्रमित २२ हजार ९ सय ७२ जनाको (०.३ प्रतिशत्) हो । कोरोनाबाट १६ महिला (२१.३३ प्रतिशत्) र ५९ पुरुष (७८.६६ प्रतिशत्) थिए र जसमम दुई भारतीय पुरुष र एक चिनियाँ महिला संलग्न छन् । दुई बालक र एक बालिका समेतको कोरानाले मृत्यु भएको पाईएको छ । यो तथ्यमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीे चिन्ता व्यक्त गर्नु हुन्छ । उहाँका अनुसार ज्येष्ठ नागरिकको मृत्युको आँकडा बढि देखिएतापनि सबै उमेर समूहका मानिसहरुलाई कोरोनाको सम्भावित् संक्रमणको जोखिम अत्यन्तै छ । जनस्वास्थ्यविद्ध डा. राजेन्द्र बीसीले कोरोनाको अनुसन्धानको क्रममा मृत्यु भएका मध्ये ३३ प्रतिशत् पुरुष र १० प्रतिशत् महिला एक वा एक भन्दा बढी दीर्घरोगले ग्रस्त भएको पाईएको बताए । परिवार, समाज, नातेदारले ज्येष्ठ नागरिकलाई कोरोना संक्रमणबाट जोगाउनु पर्छ नत्र यो वर्गमा कोरोनाले मृत्यु लगायत अन्य जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ भन्दै सजगता अपनाउनु पर्ने समेत् चेतावनी दिए । तथ्यांक अनुसार कोरोनाबाट सबै भन्दा कम उमेर अन्तर्गत गण्डक प्रदेशका ४९ दिने बालकको असार १७ गते र सबैभन्दा बढी ८५ वर्षिया महिलाको साउन ७ गते र काठमाडौंका ८५ वर्षीय पुरुषको असार १९ गते मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा १६ जना (२१.३ प्रतिशत्) विदेशबाट आएका थिए जसमध्ये भारतबाट आएका १३ जना थिए भने कतार, चीन र मलेशियाबाट आएका एक एक जना रहेका छन् । आधा भन्दा बढि मृतकहरुले संक्रमण बारे थाहा नपाई मृत्युवरण गरेका थिए भने ४३ जना (५७.३) प्रतिशत्को मृत्यु पछि पि.सि.आर. रिपोर्ट पोजिटिभ आएको थियो । डा. बीसिले दिनु भएको तथ्यांक अनुसार पाँच जनाका (६.७ प्रतिशत्) एक अस्पतालबाट अर्को अस्पतालमा सार्दासार्दै बाटैमा मृत्यु भएको थियो भने २० जना आई.सि.यू. र भेन्टिलेटरमा उपचार गर्दागर्दै मृत्यु भएको हो । आईतबार सम्मको तथ्यांक अनुसार देशभर ७३ जना कोरोनाका बिरामी आई.सि.यू. मा र एक जना भेन्टिलेटरमा उपचारार्थ छन् ।
सबैभन्दा बढि प्रदेश नं. २ का ३२ जनाको कोरोनाले मृत्यु भएको छ जसमध्ये पर्साका १८ जनाको मृत्यु भएको छ र त्यसपछि दोश्रो प्रदेश नं. ५ का १० जनाले मृत्युवरण गरेका छन् । अधिकांश जिल्लामा संक्रमणका बिरामीहरु पाईतापनि ३२ जिल्लाका व्यक्तिहरुले कोरोनाबाट मृत्युवरण गरेका छन् ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्