खेलबाट समाज कसरी परिवर्तन गर्न सकिन्छ भन्ने गतिलो पाठ हो रुवाण्डा क्रिकेट



खेलकूदलाई अनुत्पादक क्षेत्र ठान्ने हाम्रो समाजलाई रुवान्डामा क्रिकेटले ल्याएको समाज परिवर्तनले एउटा गतिलो पाठ सिकाएको छ । द्धन्द्धले ग्रस्त देश रुवाण्डामा क्रिकेटले यतिबेला ठूलै परिवर्तन ल्याएको छ । बालबालिकाका साथै महिलाहरुको समेत खेलप्रति सोच्ने भावना र समाजमा महिलाको भूमिका बारे समेत् यस्ले निकै परिवर्तन ल्याएको छ । जस्को फलस्वरुप अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले रुवाण्डा क्रिकेटलाई हालसालै उत्कृष्टताको पुरस्कार दिएको छ र पुरस्कार दिनुको उद्देश्य रुवाण्डा क्रिकेटले महिला सशक्तिकरणमा खेलेको शशक्त भूमिका । पहिला पुरुषहरुको मात्र उपस्थित देखिने रुवाण्डाको मूख्य क्रिकेट मैदान गहेगन रंगशालामा आजभोली बालबालिका तथा महिलाहरुको निकै चहलपहल देखिन्छ । सबैको हातमा कि त क्रिकेट ब्याट हुन्छ कि त क्रिकेट बल हुन्छ र उनिहरु क्रिकेट खेल्न तँछाडमछाड गरिरहेका हुन्छन् र यस्ले महिलाप्रति समाजले हेर्ने दृष्टिकोणलाईनै परिवर्तन गरेको छ र यस्को खास राज के हो त? मैदानमा पुग्ने खेलाडी तथा दर्शकहरुको भेषभुषा प्राय एउटै हुन्छ जस्ले उनिहरुलाई एकजुट हुन प्रेरित गर्दछ यो भावना आउनुमा रुवाण्डा क्रिकेट संघले पछिल्ला केहि वर्षदेखिको निरन्तर गरेको कामको प्रभाव छ । पछिल्ला दुई वर्षदेखि यो मैदानमा क्रिकेट खेल्ने महिलाको बाक्लो उपस्थित हुनुका साथै समर्थकहरु समेत् महिलानै हुन्छन् । यो सफलता रातारात् प्राप्त भएको होईन । यस्मा रुवाण्डा क्रिकेट संघ र क्रिकेट बिल्ड होप्स नामक संस्थाले निरन्तर रुपमा एक आपस्मा होस्टेमा हैंसे देखाउँदा यस् खालको सफलता हात परेको हो । उनिहरुले महिलाहरुलाई बिकासको काममा शतप्रतिशत् सहभागी गराउन क्रिकेटको प्रयोग गर्दै आईरहेका छन् । १५ देखि २५ वर्षका यूवती खेलाडीहरुलाई पछयाउँदै उनिहरुको आमा समेत् मैदानमा पुगेका हुन्छन् र उनिहरु क्रिकेटको माध्यामद्धारा आप्mनो तथा एक अर्काको सबल पक्ष र दुर्बल पक्ष बुझ्नुका साथै समूहमा सँगै रहेर कसरी काम गर्ने भन्ने कुरा सिकिरहेका हुन्छन् र क्रिकेटको माध्यामद्धारा उज्वल भविश्यको सपना समेत् देखि रहेका हुन्छन् । यो परियोजना सन् २०१८ बाट शुरु भई हालसम्म ३०० भन्दा बढि महिलाहरुले प्रत्यक्ष लाभ् लिई सकेका छन् । क्रिकेटबाट उनिहरुले उद्यमशिलता तथा नेतृत्व विकास क्षमतामा समेत् सुधार गरे । यो परियोजना हाल पनि निरन्तर चलिरहेको छ । त्यहाँ रोट्राक्ट रुवाण्डा, रुवाण्डा महिला टिम सम्मिलित भई अनगिन्ति क्रिकेट प्रतियोगिताहरु सञ्चालन भईरहन्छन् र टिमका ९० प्रतिशित् खेलाडी सदस्यहरु आमा हुन्छन् र फलस्वरुप ति महिलाहरुको सफलता दिन दुई गुणा रात चौगुणाको रुपमा चुलिदै गएको छ । समाज परिवर्तन गर्नको लागि अर्थशास्त्रिहरुले प्रतिवादन गरेका गणितिय सुत्रहरुनै चाहिदैन भन्ने गतिलो उदाहरण रुवाण्डा क्रिकेटले देखाएको छ । यदि मानिसमा परिवर्तनको तिव्र इच्छाशक्ति, लगाव् तथा सम्बन्धित् निकायको यसप्रति इमान्दार प्रयास भएमा समाज परिवर्तन खेलकुदको माध्यामबाट पनि गर्न सकिन्छ भनेर रुवाण्डा क्रिकेटले विश्व तथा रुवाण्डा जस्तै नियति भोगेको नेपाललाई गतिलो पाठ सिकाउनुको साथै हाम्रो समाजको खेलकुदलाई हेर्ने नजर परिवर्तन गर्न ढिलो गर्नु हुँदैन भन्ने पाठ समेत् सिकाएको छ ।

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्