हुम्लामा होमस्टे शुरुवात्, बन तथा पर्यटन् मन्त्रिज्यूद्धारा उद्घाटनः जाने हैनत स्थानीय स्वाद चाख्न



मानसरोवर कैलाशको दर्शन गर्न जाँदा प्रवेशद्धारमा रहेको सिमकोट गाउँपालिका वडा नम्वर ७ अन्तर्गत डाँडाफया ओख्रेन गाउँमा होमस्टेको शुरुवात् भएको छ र यहि साउन १६ गते कर्णाली प्रदेशका बन तथा पर्यटन मन्त्री नन्द सिंह बुढाले उदघाटन गर्नु भएको छ । होमस्टेका अध्यक्ष हरि बहादुर शाहीका अनुसार स्थानीय स्तरका विभिन्न खानेकुराहरु जस्तै फलफुल, गेडागुडी, लाप्सी, भटमासका खाजा, खिर, पूरी, कोदाको रोटी, लाडु, अर्सा, मुरी, दही, ओखरको घान्जा लगायत जिल्लामा पाईने स्थानीय खाद्यान्नहरु होमस्टेका दौरान खुवाईने जानकारी दिनु भएको थियो । होमस्टेको दौरान जिल्लाका पुराना सस्कृति झल्किने विभिन्न भाँडाकुडा, ढाल तरवार, बखु, लिउ, फेरुवा, गाग्री जस्ता विभिन्न सामग्रीहरु राखिएको संग्राहलयको अवलोकन समेत गर्न सकिन्छ र यसबाट जिल्लाको संस्कृतिबारे धेरै भन्दा धेरै ज्ञान लिन सकिन्छ । कर्णाली प्रदेशको वन तथा पर्यटन मन्त्रालयको ४० लाख आर्थिक सहयोग र ८ लाख जन श्रमदानबाट उक्त होमस्टेको निर्माण भएको जानकारी प्राप्त भएको छ र सो उद्घाटनको लागि बन तथा पर्यटन मन्त्रिको ४ सदसिय टोली हुम्ला आई पुगेको थियो ।
कैलाश मानसरोवरको लागि भारत लगायत विभिन्न देशहरुबाट पर्यटकहरु पुग्ने गरेको भएतापनि नजिकको तिर्थ हेला भने जस्तै देशभित्रकै आन्तरिक पर्यटनहरु मुश्किलले आउने गरेका छन् । शायद प्रचार प्रसार तथा पुर्वाधारको कमिले हुन सक्छ । यस्तो बेला कैलाश मानसरोवरको प्रवेशद्धारमा होमस्टेको सञ्चालन हुनु पर्यटनको बिकासमा कर्णाली प्रदेश जागरुक भएको देखिन्छ । होमस्टे सञ्चालनको साथै हुम्लामा यात्राको सहज व्यवस्था समेत् गर्नु अत्यन्त आवश्यक छ । एक मात्र सहज माध्यम हवाई यातायात् भएतापनि महंगो टिकट तथा चाहेको बेला टिकट नपाईने यस क्षेत्रको हवाई यातायात्को पुरानो रोग हो । आन्तरिक पर्यटनहरु त्यहाँ जान चाहन्छन् तर हवाईयातायात् व्यवसायीहरुको मनपरिको कारणले समयमा टिकट पाउन नसकिने र विदेशी पर्यटकहरुको प्रतिस्पर्धामा टिकट लिनु पर्ने वाध्यताको कारणले मन अमिलो पार्नु पर्ने अवस्था छ । यस्को सम्बोधनको लागि प्रदेश पर्यटन मन्त्रालयले पहल गर्नु अत्यन्त आवश्यक छ । नत्र रारा घुम्न जाऔं है भन्ने नाराका साथ ठुलो तामझामका साथ घोषणा गरिएको पर्यटन वर्ष असफल भए जस्तै प्रभावकारी नहुन सक्छ । विभिन्न आन्तरिक तथा वाह्य पर्यटकहरु ट्रेकिङ्ग गर्दै समेत् जान सक्छन् र त्यसका लागि ट्रेकिङ्ग रुटको समेत् प्रचार प्रसार गरिनु अत्यन्त आवश्यक छ र जिल्लामा रहेको पर्यटन बोर्डले यस्को लागि के कस्तो पहल गरेको छ हालसम्म केहि जानकारीमा आएको छैन । जिल्लामा होमस्टे संस्कृतिको पूर्ण रुपमा बिकास नभएको र यसको महत्व बारे जिल्ला बासिहरुलाई बुझाई जिल्ला तथा प्रदेशका आन्तरिक पर्यटकहरुलाई लोभ्याउन सके मात्र पनि होमस्टे सञ्चालन गरेको योजनाले मुर्त रुप लिन सक्ला । नत्र भने यो उद्घाटनमा मात्र सिमित् नहोस् यहि हाम्रो कामना छ ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्