
सिमकोट । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य श्री जयबहादुर रोकायाको निधन भएको छ । नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष समेत रहेका रोकायाको पक्षघातका कारण सिमकोट गाउँपालिका– ५ स्थित आफ्नै निवासमा ६२ वर्षको उमेरमा रोकायाको शनिबार मृत्यु भएको हो । लामो समय बिरामी भएका रोकाया छ दिनयता पक्षघात भएर सिक्सित अवस्थामा उपचाररत थिए । नेपाल पत्रकार महासंघको दुई पटक हुम्ला अध्यक्ष रहेका रोकाया लामो समय कान्तिपुर दैनिक देखि विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका थिए । रोकायालाई हुम्लाको पत्रकारिताको पिताकै रुपमा मानिदैं आएको छ । रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।
प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार