कालीकोटको नरहरिनाथमा पहिरोमा परि ९ जनाको मृत्यु



कालीकोट १४ साउन-कालीकोटको पुर्वमा पर्ने नरहनीनाथ गाउँपालिकामा पहिरोमा परि ९ जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्।

नरहरीनाथ मंगलबार राति घरमाथी वाट पहिरो आउदा घरपुरिएर नरहरीनाथ गाउँपालीका ७ का ६५ वर्षीय गंगे बुढा उनकि ६३ वर्षीय श्रीमती नैना वुढा २३ वर्षीय बुहारी कुशा वुढा,१९ वर्षीय छोरी विमला वुढा,१० वर्षीया नातिनी चना वुढा,८ वर्षीय नाति राम बढा र ६ वर्षका चरित्र बुढाको मृत्यु भएको हो त्यस्तै वडा नं ४ का ६४ वर्षिय वाले वुढा र ६१ वर्षिय उनकी श्रीमति मुना वुढाको मृत्यु भएको कालीकोटका प्रमुख,डीएसपी श्याम ओलियाले जानकारी दिए।

६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख,डीएसपी श्याम ओलियाले जानकारी दिए। उनका अनुसार घाईतलाई उपचारका लागी जिल्ला अस्पताल मान्ममा ल्याईरहेका छन्।

यसअघि आईतवार नरहरीनाथ ८ का १६ वर्षिय पारस भण्डारा,र राष्कोट नगरपालीका १ का ७ जना र खाडाचक्र ५ कि अविसरा शाही वेपत्ता भएका थिए।

Source: Applekhabr.com

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्