हुम्लामा खेलकूदः एकादेशको कथा



कुनै जमानामा स्थानीय सक्रियतामा फुटवल खेल हुँदै

मनोरञ्जन तथा स्वास्थ्यको अभिवृद्धिका लागि मात्र नभई पारम्परिक सहयोग, सद्भावना, अनुशासन आदि मूलभूत भावनाको विकासका लागि खेलकूदलाई महत्वपूर्ण साधन् मानिन्छ । साथै विश्वमा खेलकूद प्रतियोगिताको लोकप्रियता दिनपरिदिन बढ्दै गइरहेकोले अन्तर्राष्ट्रिय जगतमा आफ्नो राष्ट्रको इज्जत बढाउन समेत खेलकूदको प्रगतिमा जोड दिनु आवश्यक भएको छ । खेलकूदको क्षेत्रमा नेपाल धेरै नै पिछडिएको छ भने झन् हुम्ला जिल्लाको खेलकूदको झन् कुरै नगरौं । प्रदेश सरकार, स्थानीय निकाय तथा जिल्ला खेलकुद बिकास समितिबाट विशेष प्रोत्साहन तथा खेलककूद सम्बन्धि कुनै पनि प्रभावकारी कार्यक्रमहरु लागु गर्न नसकिएकोले यस जिल्लाका जनताको खेलकूलतर्फको अभिरुचि फष्टाउन सकेको छैन । तसर्थ प्रदेश सरकार, स्थानीय निकाय तथा जिल्ला खेलकुद बिकास समितिबाट खेलकूदतर्फ पनि केही ठोस कदम चालिनु बाञ्छनीय भएको छ ।
हाम्रो छिमेकी जिल्ला जुम्लाको कुरा गरौंन । यस जिल्लाले पहिल्यै देखिनै खेलकूदमा विशेष पहल गरेकोले हरि बहादुर रोकायाजस्ता किर्तिमानि अन्तर्राष्ट्रिय म्याराथुन धावक जन्माउन सक्यो । जिल्लावासी, स्थानीय सरकार तथा हरि रोकाया जस्ता विभिन्न खेलकूद प्रेमिहरुको दिनरातको मेहनत, प्रोत्साहनको फलस्वरुप लक्ष्मी उपाध्याय, विश्वरुपा बुढाजस्ता खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा तहल्का मचाईरहेका छन् र देश तथा विदेशमा जुम्लाको साथै देशको नाम समेत चम्काईरेका छन् र एउटै भौगोलिक परिवेश र सबै कुरामा समान् सुचाङ्क रहेका दुई जिल्लाहरु विचमा रहेको खेलकूदको यो खाल्डो कहिले पुरिने होला? यदि कसैले गर्न चाह्यो र खोज्यो भने सफलता अवश्य प्राप्त हुन्छ भन्ने कुराको उदाहरण खोज्न टाढा गईरहनु पर्दैन, खाली जुम्ला भ्रमण गरे पुग्छ ।
यदि कुनै पनि खेलकूद प्रतियोगितामा भाग लिनु प–यो भने अरु जिल्लामा खेलाडीहरु छनौट गर्नको लागि छुट्टै प्रतियोगिता सञ्चालन गर्नु पर्छ र उनिहरुको उत्कृष्टताको आधारमा खेलाडीहरु छान्ने गरिन्छ भने हाम्रो जिल्लामा भने खेलाडीहरु शिला खोजेजस्तै खोज्नु पर्ने हुन्छ र जिल्लाको नाक जोगाउन नक्कली खेलाडीहरु (अर्कै जिल्लाका तथा कहिल्यै खेल नखेलेका) प्रतियोगितामा सामेल गराईनु बाहेक अन्य कुनै विकल्प छैन र यो एक पटक मात्र होइन बारम्बार घटिरहेको घटना हो ।
जिल्लामा जिल्ला खेलकूद बिकास समिति छ तर यसको कार्य शैली? कि यस समितिले कतैबाट खेलकूद सम्बन्धि कुनै बजेट पाउँदैन वा बजेट पाए पनि परिणाममुखि खेलकूद योजना किन ल्याउँदैन? वर्षको एक दुई पटक संक्राति तथा दशैंको अवसरमा एक दुई वटा भलिवल, फुटवल तथा तथा एथेलेटिक्स प्रतियोगिता आयोजना गरेर जिल्लाको खेलकूदले फड्को मार्ला र? जबकि खेलकूदमा सफलता हात पार्नको लाागि विद्यालय तहदेखिनै बालबालिकहरुलाई खेलमा प्रेरित गरि नियतमित रुपमा तालिम दिनुका साथै खैलकूद संस्कृतिको विकास गरिनु आवश्यक छ । यस्को मतलव जनता, सरोकारवाला तथा खेलाडीहरुलाई खेलकूदमा प्रतिवद्ध गराउने वातावरण बनाउनु पर्ने हुन्छ । जमानामा कराँतेका प्रशिक्षक धर्मविर बुढाको सक्रियतामा एक जमानामा जिल्ला, क्षेत्र तथा केन्द्रमा खेलकूद चहलपहल हुने गरेकोमा उहाँ भन्दा अगाडी र उहाँ भन्दा पछाडी कुन खेलको को प्रशिक्षक हुनु हुन्छ भन्ने अहिलेसम्म नामोनिसान थाहा छैन । हाल कोहि हुनु हुन्छ वा हुनु हुन्छ भन्ने बारेमा समेत् केहि थाहा छैन र यस सम्बन्धि जिल्ला खेलकूद बिकास समितिले के केस्तो पहल गरेको छ त्यो पनि थाहा छैन । सुनिए अनुसार केन्द्रबाट जिल्लाका लागि भनेर प्रशिक्षक खटाईने गरिएका तर दुर्गम क्षेत्रमा जान नसक्ने भनि केन्द्रमा काजमा बसि तलव भत्ता पचाउने गरिन्छ रे । तर यसतर्फ कसैले चासो दिने गरेको पाईएको छैन । आफ्नै व्यक्तिगत् पहलमा खेलकूदमा चहलपहल गर्ने, चासो व्यक्त गर्ने तथा केहि गर्न खोज्ने जिल्लाका पूर्व खेलाडीहरु नभएका होइनन् । तत्कालिन प्रशिक्षक धर्मविर बुढाको पहल तथा प्रशिक्षकत्वमा २०५८ सालको क्षेत्रिय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्दै खेलाडी प्रीति बहादुर राउत (रावल) ले कराँते खेलमा स्वर्ण पदक प्राप्त गरि राष्ट्रिय प्रतियोगितामा भाग लिएको तथा राष्ट्रिय खेलकूद परिषद्मा दर्ता भएको नेपाल सिन्दोकाई कराँतेका संस्थापक महासचिव जगत धामीले नेपाल तथा भारतमा विभिन्न प्रतियोगिताहरु जिति तहल्का मच्चाएको तथा त्यस पछिको धेरै खेलाडीहरु भाईहरु आफ्नै पहलमा खेलकूदमा लागि कुनै साथ सहयोग नपाई पलायन भएकाहरुको कुनै रेकर्ड शायदै जिल्ला खेलकूद बिकास समितिको कुनै फाईलमा होला । पुरुष खेडालीहरुको त यो हाल छ भने महिला खेलाडीहरुको कुरै नगरौं ।
छिमेकी जिल्ला जुम्लाले जुम्लामा अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट तालिम केन्द्र बनाई जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको हब बनाई खेलकूद मार्फत पर्यटन क्षेत्रमा समेत् टेवा पु–याई आर्थिकरुपमा समृद्ध जिल्ला बनाउन तम्सिरहेको बेला हाम्रो जिल्लामा कम्तिमा खेलकूद सम्बन्धि ज्ञान भएको, चासो भएको तथा खेलकूद बिकासको लागि दिर्घकालिन् योजना बनाई सो को लागि सरकारी तथा गैरसरकारी क्षेत्रमा पहलकदमी गर्ने तथा कम्तिमा अबको एक दुई वर्ष पश्चात् राष्ट्रिय प्रतियोगिताबाट पदक ल्याई जिल्लाको नाम चम्काउने खेलाडीहरु तयार पार्ने वातावरण बनाउन आपैंmले प्रशिक्षण दिन सक्ने नत्रभने प्रशिक्षकहरुको व्यवस्था गर्न सक्ने नेतृत्व चयन गरि खेलकूदको जग बसाउन सकिने थियो । हो बिगत्मा केन्द्रीय सरकारले आँखामा दुर्गमताको पट्टि बाँधि यस खेलकूद क्षेत्रमा कुनै कार्य नगरेको तथा गर्न नचाहेको परिप्रेक्ष्यमा हाल सम्पूर्ण अधिकार प्रदेश सरकार तथा स्थानीय सरकारमा निहित् भएको अवस्थामा समेत् यस क्षेत्रले जिल्लामा पहिलाकोभैंm नियति भोग्नु यस जिल्लाका खेलप्रेमी, खेलाडीहरुको लागि अन्याय हुनेछ । यस्का साथै वर्तमान् प्रदेश सरकार तथा यस जिल्लाका स्थानीय निकायहरुमा खेलकूद क्षेत्रमा केहि गर्न नसकेको दाग सधैं भरि लागि रहनेछ । भलै खेलकूद क्षेत्रमा लागि अनुभव प्राप्त गरिसकेका, देश विदेश घुमेका तथा विद्धानहरु निर्णायक पदमा हुनु हुन्छ । हेरौं उहाँहरुको निर्णय क्षमता जिल्ला खेलकूद बिकासका लागि कस्तो हुनेछ त्यो त भविश्यले देखाउनेछ ।
जिल्लाका यूवाहरुले खेलकूदको लागि अत्यावश्यक स्टामिना तथा स्वच्छ वातावरण विरासत्मा पाएका भएतापनि आफ्ना बलिया हातखुट्टाहरु स्वदेश तथा भारतका विभिन्न शहरहरु, तिब्बत तथा खाडीमा मजुदरी गरि खियाउन बाध्य भईरहेका छन् । यदि उनिहरुलाई बेलैमा विभिन्न खेलकूदमा संलग्न गराउन सकिएमा कुनै कुमार्गमा नलागी भविश्यमा विभिन्न सुरक्षा निकायहरुबाट (जस्तैः नेपाली सेना, प्रहरी, ससस्त्र) खेलाडीको रुपमा प्रतिनिधित्व गरि जिल्ला तथा देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चम्काई सम्मानित जिवन बिताउने तथा जिल्लाको रोजगारी समस्या काफि हदसम्म समस्या हुने तथा खेलाडीहरुलाई देशका प्रतिष्ठित् कलेजहरुले निःशुल्क रुपमा पढाउने गर्ने गरेको र यसबाट भविश्यमा जिल्लाका लागि आवश्यक योग्य नागरिकहरु समेत् जन्मिने यथार्थ सरोकार निकायहरुको कानमा अवश्य छिर्नु पर्ने हो यदि उहाँहरुले कानमा तेल हालेर बस्नु भएन भने र जिल्लाले खेलकूद बिकासको लागि सहि नेतृत्व पायो भने । नत्र भने हुम्लामा खेलकूद एकादेशको कथा नहोला भन्न सकिदैन यदि समयमा सहि नेतृत्व पाएन भने ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्