कर्णाली प्रदेश सरकारको बजेट बिनियोजन बिध्येयक र आर्थिक बिध्येयक सार्बजनिक



सुर्खेत-कर्णाली प्रदेश सरकारको आव २०७७र७८ को बजेट बिनियोजन बिध्येयक र आर्थिक बिध्येयक सहित आज असार २४ गते प्रदेश सभाबाट सर्बसम्मतिले पारित भएको छ । यस अवसरमा बिनियोजन बिध्येयक र आर्थिक बिध्येयक आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सार्बजनिक गर्नु भयो ।

बजेट निर्माणदेखी पारित गर्दासम्म सहयोग, सहजिकरण र मार्गदर्शन गर्नु हुने माननिय मुख्य मन्त्रीज्यु, माननिय सभामुख ज्यु, माननिय प्रमुख प्रतिपक्षी दलका नेताज्यु, माननिय मन्त्री ज्युहरु, म उप सभामुख, प्रदेश सभाका माननिय सांसदज्यु, राष्ट्रसेवक कर्मचारीहरु र संचार जगत लगायत सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन व्यक्त गर्नु भयो ।
बजेट कार्यान्वयनमा सबै पक्षको समन्वय र सहयोग रहने बिश्वास सहित कर्णालीका जनताको खुशी र कर्णालीको समृद्धि अभियानमा एकताबद्ध भएर अघि बढ्न सबैसँग हार्दिक अपिल गरिएको छ ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्