सरकारलाई संसदीय समितिको निर्देशन-ट्याक्सी संचालन गर्न दिनु



काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुसँग छलफल गर्दै सुरक्षाका आवश्यक मापदण्डहरु अपनाई ट्याक्सी चलाउने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो बुधबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले ट्याक्सी व्यवसाय संचालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड १९ काइसिस मेनेजमेन्ट कमिटी सिसिएमसीले तयार पारेका मापदण्डहरू पुरा गरी सरकारले लकडाउनकै अवधीमा पनि ट्याक्सी संचालन गर्दा स्वास्थ सुरक्षाका लागि निश्चित मापदण्ड बनाएर कार्यान्वयन गरि ट्याक्सी संचालन गर्न आवश्यक देखिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्