राष्ट्रिय युवा संघ नेपाल, हुम्लाद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण



राष्टिय युवा संघ नेपाल, हुम्लाद्धारा मास्क, पन्जा र सेनीटाइजर एक कार्यक्रमका बिच राष्टिय युवा संघ, नेपाल, हुम्लाले जनतासंग प्रत्यक्ष सरोकार राख्ने जिल्लाका विभिन्न १२ सरकारी निकायहरुलाई १००० थान एन ९५ मास्क, ७० थान कार्यलयमा राख्ने ठुलो सेनीटाईजर र ८० बक्स मेडिकल पन्जा हस्तान्तरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाका अध्यक्ष लालकेश जैशी र प्रमुख जिल्ला अधिकारी चीरन्जीवी गिरी मार्फत उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल, जिल्ला कृषि कार्यालय, जिल्ला पशु सेवा कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक लगायतका जनसम्पर्क बढि हुने कार्यालयलाई काेभिड-१९ काे महामारीकाे संक्रमण सर्नबाट राेक्ने उद्देश्यले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे कार्यक्रममा जानकारी गराईएकाे छ । स्वास्थ्य सामाग्री संघका केन्द्रीय सदस्यहरू उपेन्द्रजंग शाही, प्रेमा लामा र अखिल शाहीकाे विशेष पहलमा एलिस अर्गानिक रेष्टाे एण्ड बारले उपलब्ध गराएकाे संघका जिल्ला अध्यक्ष सुवास राेकायाले सप्तरंगी मिडियालाई जानकारी दिनुभयाे । सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूकाे उपस्थितिमा सामाजिक दुरि कायम गर्दै कार्यक्रम सम्पन्न गरिएको संघका जिल्ला नेता सागर कुमार शाहीले बताउनुभयाे ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्