हुम्लाको सर्केगाड गाउँपालिकाकोआर्थिक बर्षको बजेट प्रस्तुत



हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका नितिगत अनुसार आर्थिक बर्ष २०७७ /०७८ का लागि आर्थिक ,सामाजिक , पूर्वाधार ,वातावरण तथा विपद् व्यवस्थापनतर्फ र सुशासन तथा संगठनतर्फ जम्मा ३९ करोड ११ लाख ४४ हजार बजेट विनियोजन गरेको कार्यकारी अधिकुत रुद्ध बहादुर शाहीले जानकारी दिनु भयो । चालु खर्च ३१ करोड ३९ लाखा ५८हजार ८ सय ४० रुपैयाँ र पुजीगत खर्च ७ करोड ६१ लाख ८६ हजार, शिक्षा तर्फ ९ करोड ३१लाख, स्वास्थ्य ४ करोड, कृषिमा ५३ लाख, पुशमा ४५ लाख, कोरोना नियन्त्रमा ५० लाख, पुर्वाधार ४५ लाख ९८ हजार, सडक २ करोड १५ लाख खानेपाली २ करोड ६३ लाख ५३ हजार र जलबायु परिर्वतनमा १ करोड ४४ लाख विनियोजन गरिएको छ ।
सर्केगाड गा.पा.ले गैरसकारी संस्थाहरुबाट किर्डाक नेपालको सामुदायिक विकास परियोजनमा २५ लाख ७३ हजार ८ सय १४ रुपैयाँ र सामाथ्र्य परियोजनामा ५३ लाख १४ हजार सर्केगाड गाउपालिकाको लागि लक्षित गरीएको छ । त्यसै गरि महिला कल्याण सेवाले महिला रुपान्तरित परियोजना ११ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ विनीयोजीत गरिएको छ ।
गाउ परिषद गाउँपालिकाका अध्यक्ष कृष्णा रोकायाको अध्यक्षयतामा र उपाधयक्ष जोशी धामीद्धारा गाउँपालिकाको बजेट प्रस्तुत गनर्् भएको कार्यकारी अधिकृत शाहीले बताए ।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्