नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा सुरू



अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आएपछि झन्डै तीन घन्टादेखि रोकिएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ ।
स्थायी कमिटी बैठक चलीरहेका बेला बसेको मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठकमा खैलाबैला उत्पन्ना भएको थियो । लगतै अध्यक्ष प्रचण्डले ओलीसँग छलफल गरेका थिए । ओलीसँगको कुराकानीपछि उनी ओलीबाहेकका सचिवालय सदस्यसँग छलफल गरेर राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए। शितल निवासमा राष्ट्रपति भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी भएको छ ।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्