सिमकोट गाउँपालिकाको आर्थिक बर्षको बजेट सार्वजनिक



सिमकोट – हुम्लाको सिमिकोट गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ का लागि जम्मा ४० करोड ६९ लाख ४९ हजार ८ सय बजेट सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, उपध्याक्ष वली रावत र नि कार्यकारी अधिकृत उजीर रोकाया लगायतकाको विषेश सहभागितामा बजेट र निति तथा कार्यक्रम गाउ सभामा सार्बजनिक भएको थियो । सिमकोट गाउँपालिकाले विकासतर्फ १४ करोड ३७ लाख १५ हजार, सामाजिक विकासतर्फ ५ करोड १० लाख ३६ हजार, पूर्वाधार विकासतर्फ १७ करोड ४५ लाख ८९ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ८६ लाख १३ हजार र सुशासन तथा संगठनतर्फ ८९ लाख ९६ हजार विनियोजन गरिएको नीतिगत व्यवस्था अनुसार आगामी आर्थिक वर्षका लागि आर्थिक बर्ष २०७७ र ०७८ सालको बजेट सार्वनिक भएको छ र विशेष गरेर बजेटले कृषि, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको उपाध्यक्ष वली रावतले बताए ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्