सहयोगी हातहरुको पर्खाइमा हरिलाल जैसी



काठमाडौं-हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं. १ निवासी श्री हरिलाल जैसी विगत केही महिना देखी आन्द्राको क्यान्सरले पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पाटन अस्पतालमा) छट्पटाई रहनु भएकोछ । उपचार गर्न ठूलो रकमको आवश्यक पर्ने हुँदा निजको घरको आर्थिक अवस्था धैरै कमजोर भएकोले उपचार हुन सकेको छैन । उहाँको उपचारका लागि सहयोगी हातहरुको पर्खाइमा बस्नु वाहेक अरु कुनै बिकल्प छैन । मानव सेवानै धर्म हो भन्ने ठानी तपाईंको सहयोगले पुनर्जन्म दिन उहाँलाई सहयोग गरी ठूलो गुण लगाई दिन अनुरोध छ । हाल सम्म एलिस अर्गानिकका संचालक आदरणीय छिरिङ गोपाल लामाले आफ्नो ब्यक्तिगत रुपमा रु ३०००० सहयोग गरेर शुरुवात गर्नु भएको छ साथै खार्पुनाथ गाउँपालिकाका धेरै मनकारी व्यक्तित्वहरुले जम्मा रु ३५००० सहयोग रकम संकलन गर्नु भएको छ । हाल सम्मा जो जसले जसरी सहयोग गर्नु भयोको छ उहाँहरू सबैलाई नमन प्रकट गरेका छौं । साथै मन देखिनै यो अभियानमा साथ दिदै जैशी बचाउ अभियानमा सहयोग र साथ गरिदिनु हुन सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक अनुरोध गर्दछु भन्दै बिरामी श्री हरिलालका सहयोगी तथा आफन्त श्री लाल प्रशाद जैशीले सप्तरंगी मिडियालाई जानकारी गराउनु भयो ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्