खार्पुनाथ गाउँपालिकाको आर्थिक बर्षको बजेट सार्वजनिक ।



सिमकोट–हुम्लाको खार्पुनाथ गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ का लागि जम्मा ३५ करोड ३८ लाख ८० हजार गाउपालिका अध्यक्ष श्री कर्ण रावल  र उपाध्यक्ष श्री रुपा शाहीको विशेष उपस्थितिमा बार्षिक बजेट गाउ सभामा सार्बजनिक भएको थियो । आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ र सुशासन तथा संगठनतर्फ विनियोजन गरिएको खार्पुनाथ गाउँपालिका लेखा अधिकृत बिशाल बोहराले जानकारी दिनु भयो । चालु खर्च १ करोड ४४ लाखा ९२ हजार र पुजीगत खर्च १६ करोड ९३ लाख ८८ हजार रकम विनियोजित गरेको लेखा अधिकुत बोहराले बताए । नीतिगत व्यवस्था अनुसार गाउ सभाले आगामी आर्थिक वर्षका लागि  आर्थिक बर्ष २०७७/०७८ सालको बजेट सार्वजनिक गरीएको छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्