धनगढी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास उद्योग बिक्री गरेका छन् । पछिल्लो समय सञ्चालन अनुमति पाएको ग्यास उद्योग भट्टले १८ करोडमा नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेलाई बेचेका छन्। एभरेष्ट ग्यास उद्योग प्रालीले सैपालको पूर्ण स्वामित्व लिएको हो। सैपाल ग्यास उद्योग प्रालीको कानूनी स्वामित्व भने उनका पारिवारिक सदस्यको नाममा थियो

२ हजार टन क्षमताको उक्त उद्योग भर्खरै मात्र सञ्चालन आएकाले यसका सिलिन्डर बजारमा धेरै गइसकेका छैनन् सैपालको स्वामित्व लिएपछि सञ्चालनको जिम्मा सम्हाल्ने तथा हिसाब फरफारग गर्ने काम भइरहेको छ घिमिरेले जानकारी दिए।
प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार