हुम्ला जिल्लाका सबै स्थानिय तहमा स्वास्थ्य सामाग्रीहरु पठाईने ।



काठमाडैं मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाको अगुवाई र हुम्ला जिल्ला निवासी तथा फोटोग्राफर श्री देवेन्द्र ब. शाहीको पहलमा हुम्ला जिल्लाका सबै स्थानिय तहमा स्वास्थ्य सामाग्रीहरु पठाउने भएकोछ । सामाग्रीहरु मगलबार हुम्ला जिल्लाका सांसद माननिय रंगमती शाहीलाई बरिष्ठ कलाकार हरिवंश आचार्य, लोकप्रिय गायीका आनीछोयङ डोल्मा तथा मनघरी फाउण्डेशनका सल्लाहकार एवं बरिष्ठ पर्यटन ब्यबसायी अमर शाहीले हस्तानान्तरण गर्नु हुनेछ ।
स्वास्थ्य सामाग्रीहरुमा ३० थान पीपीईसेट, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसेल सिट, १२ थान फस्टएड किट र ७० थान साबुन रहेको छ । उक्त स्वास्थ्य सामाग्रीहरु प्रारम्भ नेपाल सामाजिक संस्था, राष्ट्रिय आविष्कार केन्द्र, पर्यटन व्यबसायि छेवाङ्ग लामा, चन्दु थापा, लिलाराम र सिंगापुर निवासी ज़्हेंग लिनत्तेले सहयोग गर्नु भएको हो ।
उक्त सामाग्रीहरु हुम्ला पठाउन तथा सम्बन्धीत निकायमा पुराउनका लागि फोटाग्राफर शाहीले समन्वय गर्नु हुनेछ ।
फाउण्डेशनले यस अघि डोल्पा तथा दैलेख जिल्लाका सैब स्थानिय तह तथा डोटीका दुई स्थानिय तहमा बिभिन्न संघ संस्थासंग सहकार्य गरेर स्वास्थ्य सामाग्रीहरु पठाईसकेको छ भने दैलेख जिल्लामा कार्यरत पत्रकार साथीहरुलाई प्रेस ज्याकेट ३० थान, के ९५ मास्क ३० थान, फेसलसिट ३० थान, सेनिटाईजर ३० थान पठाईसकेको छ ।

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्