बैतडीः पुर्चाैडीका २ लघु जलविद्युत आयोजना पुनः सञ्चालनमा



डी आर भट्ट -जेठ २८ गते / बैतडीको पुर्चाैडी नगरपालिकमा बन्द भएका लघु जलविद्युत आयोजना पुनः सञ्चालनमा आएका छन । गत वैशाख महिनामा चट्याङ लागेर बन्द भएका नगरपालिकाको वडा नं ८ मल्लादेहिमा रहेको सतगार लघुजलविद्युत आयोजनामा र वडा नं ८ कै डाणपुर सौर्य उर्जा मिनिग्रेट आयोजना पुन सञ्चालनमा आएका  त्यहाँ स्थित सामुदायिक रेडियो सेभेनस्टारका सम्वाददाता हरिश सावदले जानकारी दिनुभएको छ ।

चट्याङ लागेर लघुजलविद्युत आयोजनाहरुको मेसिनमा खारवि आएर बिग्रीएको एक महिनापछि प्राविधिक बोलाएर पुनः सञ्चालनमा ल्याइएको सतगार लघु जलविद्युत आयोजनाका अध्यक्ष बिरबहादु बोरहाले बताउनुयो । जिल्लामा प्राविधिकको अभाव भएपछि बुटवल र काठमाण्डौको महारगञ्जबाट प्राविधिक बोलाएर आयोजनाहरु पुनः सञ्चालमा ल्याइएको डाणपुर सौर्यउर्जा मिनिग्रेट आयोजनाका अध्यक्ष पदम सिँह सावदले बताउनुभयो ।
१४ किलोवाट क्षमताको सतगार लघुजलविद्युत आयोजना, ३० किलोवाट क्षमताभएको डाणपुर सौर्यउर्जा मिनिग्रेट आयोजना बन्द हुँदा अन्धकारमा बसेका नागरिकहरु आयोजना सञ्चालन भएपछि खुसि भएका छन । चट्याङ लागेर आयोजना सञ्चालनका लागि राखिएका मेसिनहरुमा क्षती पुगेपछि विगत एक महनिादेखि नागरिकहरु अन्धकारमा बसेका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्