भक्तपुरमा विकासको व्यापक चर्चा: ४ अर्ब बढिका ३ सयभन्दा बढि योजना पर्न सफल (सूचीसहित)



भक्तपुर, २६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा भक्तपुर जिल्लामा तीन सय वटा भन्दा बढी तथा ४ अर्ब बढिका विकासका साना तथा ठूला आयोजनाहरु केन्द्रीय योजनामा पर्न सफल भएका छन् ।

भक्तपुरमा विकासको पर्यायवाची नामको रुपमा परिचित हुनुभएका सांसद बस्नेतले विभिन्न मन्त्रालयको वार्षीक कार्यक्रममा उक्त योजनाहरु समावेश गराउनु सफल हुनुभएको छ । उक्त केन्द्रीय रातोकितामा परेका तीन सय भन्दा वढी विकासका आयोजनाहरु जिल्लाको मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका तथा चाँगुनारायण नगरपालिका अन्तरगतका रहेका छन् ।

पुल, सडक, ढललगायतका साना ठूला आयोजनाका साथमा राष्ट्रिय गौरवका आयोजना समेत परेका छन् । जसमा गठ्ठाघरमा पाँच हजार क्षमताको सभागृह, सूर्यविनायक धुलिखेलको सडक स्तरउन्नती, उपत्यकामा चाँगुनारायणमा १ लाख र सूर्यविनायकको बालकोट गुण्डुको १८ हजार समेत ४ वटा नयाँ शहर निर्माण सुरु गरिने, चाँगुनारायणको दुवाकोटमा ७ सय ५० रोपनी जग्गामा आधुनीक वीर अस्पतालको भवन निर्माण कार्य शुरु गर्ने, कोटेश्वर जडिबुटीमा सुरुङ मार्ग निर्माण गर्ने, विद्युत तार भुमिगत गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण र विकास तथा विस्तार गर्ने, रात्रीकालिन पर्यटन प्रबर्द्धन कार्यक्रम र सम्पदा संरक्षण कार्यक्रम भक्तपुरबाट सुरु गरिने, लगायतका महत्वपूर्ण आयोजनाहरु सरकारको प्राथमिकतामा परेका छन् ।

भक्तपुरमा सांसद वस्नेतको पहलमा परेका विकासका आयोजनाहरुको नगरपालिकागत रुपमा यस प्रकारका रहेका छन्,

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्