जनस्वास्थ्ययका खातिर डाक्टर गोविन्द केसी सुदुरका गाउँ–गाउँ पुगिरहेका छन्।
घाम, पानी, दुःख, सुख नभनी घण्टौं पैदल यात्रा गरेर उनी जनताको घर दैलोमा पुगेर निरन्तर सेवामा लागिपरेका छन्।
सुदूरकै विकट तथा हिमाली जिल्ला दार्चुलाका सुदूर वस्तिमा पुगेर स्थानीयलाई रोग तथा स्वास्थ्य सावधानी सम्बन्धि परामर्श मात्रै दिइरहेका छैन् स्वास्थ्य चेकजाँच गरी कुनै समस्या देखिए उपचारका लागि अस्पताल जान पनि सुझाइरहेका छन्।
जनताका डाक्टर केसी दार्चुलाकै सबैभन्दा विकट तथा टाढा रहेको अपी हिमाल गाउँपालिका पुगेका छन्। त्यो पनि घण्टौं हिडेर।
उनी त्यसरी सेवा प्रवाह गर्दै गाउँ-गाउँ पुग्दा जहाँ रात पर्यो त्यही बास बस्छन्। उनी बास बस्नका लागि कहिले सुविधासम्पन्न होटेल खोज्दैनन्।
साकाहारी र महिनामा एक/दुई पटक मात्र भात खाने डा. केसीले जनताको चुलोमा पाक्ने फापर र कोदोका रोटीमा नै सन्तुष्टि पाउने गरेको स्थानीय बताउँछन्।





