नेपाल र नामिबिया बिचको त्रिकोणात्मक सिरिज पनि स्थगित



एजेन्सीकोरोना भाइरस (कोभिड-१९) महामारीको कारण नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत खेल्ने नामिबिया संगको तेस्रो अवे सिरिज स्थगित भएको छ । नेपालले त्रिकोणात्मक सिरिज स्कटल्यान्डमा नामिबियासँग खेल्ने कार्य सुचि थियो । तर स्कटल्यान्डले बिहीबार जुलाई ४ देखि ११ सम्म स्कटल्यान्ड, नेपाल र नामिबियाबीच हुने तय भएको त्रिकोणात्मक एक दिवसिय सिरिज सरेको जनाएको छ । यस अघिनै आईसीसीले जुन ३० भन्दा अगाडी हुने सम्पूर्ण प्रतियोगिता स्थगित गर्दा नेपालको तालिकामा रहेको दुई अवे सिरिज पनि सरेका थिए । नेपालको अप्रिल २० देखि २७ सम्म नामिबियामा स्कटल्याडसँग खेल्ने सिरिज पनि सरेको थियो । त्यस्तै नेपालले जुन ९ देखि १६ सम्म पपुवा न्यु गिनीमा संयुक्त अरब इमिरेट्स (यूएई) सहित हुने त्रिकोणात्मक सिरिज पनि सरेको थियो । अब यी खेलको अर्को मिति आईसीसीले पछि निर्धारण गर्नेछ । नेपालको अव आइसिसी विश्वकप लिग २ मा त्रिकोणात्मक सिरिज २०२१ मा खेल्ने छ । २०२१ को जनवरीमा ओमानमा नेपाल र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुने छ । २०२१ को फ्रबुअरीमा नेपालले घरेलु मैदानमा पपुवा न्यु गिनी र युएईसँग त्रिकोणात्मक सिरिज खेल्ने कार्य शुचि रहेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्